गरिमा विकास बैंकका ग्राहकलाई पोखराको अन्नपूर्ण केवलकारमा १०% छुट



काठमाडौं । गरिमा विकास बैंकले नेपालकै पर्यटकीयस्थल पोखराको फेवातालदेखि सराङ्कोटसम्म हालसालै सञ्चालनमा आएको अन्नपूर्ण केवलकारमा आकर्षक छुट सम्बन्धी सम्झौता गरेको छ ।

सम्झौता अनुरुप, यस विकास बैंकको मोबाईल बैकिङ्ग तथा डेविट कार्ड प्रयोग गर्ने सेवाग्राहीहरुले केवलकारको टिकट मूल्यमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

हाल गरिमा विकास बैंकले नेपालभर ११९ शाखा कार्यालय १ एक्स्टेन्सन कार्यालय र ५१ एटिएमबाट सरल, सुलभ एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आइरहेको छ ।


क्लिकमान्डु