एक महिनामा २ अर्बको मदिरा आयातका लागि एलसी खुल्यो



काठमाडौं । चैत महिनामा मदिरा आयातका लागि २ अर्ब १७ करोड रुपैयाँको एलसी खुलेको छ ।

नेपाल राष्ट्र बैंकले चैत २१ गते मदिरा आयातका लागि एलसी नखोल्न मौखिक निर्देशन दिएको थियो ।

त्यसपछि भने बैंक वित्तीय संस्थाले ४७ बस्तुको आयातमा एलसी खोल्न कडाइ गरेका छन् ।

गत चैत १ गते देखि २५ गते सम्म भने ७ बैंकले मदिरा आयातका लागि एलसी खोलेका हुन् ।

१३ वटा मदिराको कारोबार गर्ने संस्थाले भारत, अष्ट्रेलिया, थाइल्याण्ड, फ्रान्स, जापान र इटालीबाट मदिरा आयात गर्न एसली खोलेका हुन् ।


क्लिकमान्डु