निजी क्षेत्रको सहकार्यले आन्तरिक पर्यटनलाई उर्जा दिने महासंघको ठहर



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले एनसेलसँगको सहकार्यमा आयोजना गरेको १५ औं दरवारमार्ग महोत्सव सम्पन्न भएको छ ।

कोभिड–१९ महामारी र यसको प्रभावका कारण लामो समय घरमै बस्न बाध्य भएका आम सर्वसाधारणलाई महोत्सवले घर बाहिर आउन ठूलो उर्जा दिएको महासंघको ठहर छ ।

महोत्सवमा महासंघका अध्यक्ष शेखर गोल्छाले देशका ९० प्रतिशत बढि जनसंख्याले कोभिड विरुद्धको खोप लगाई सकेको र जनजीवन सामान्य हुंदै गएको अवस्थामा महोत्सवले आर्थिक क्रियाकलापलाई जागरुक बनाउन सहयोग गर्ने विश्वास लिएको बताए ।

‘स्थानिय उत्पादन तथा आन्तरिक पर्यटन प्रवद्र्धन’ मुल नाराका साथ आयोजना गरिएको महोत्सवको उद्देश्य आन्तरिक पर्यटनलाई प्रवद्र्धन गरि देशको पर्यटन विकासमा टेवा पु¥याउने र नेपाली उत्पादन, परिकार र संस्कृतिको प्रवद्र्धन गर्नु रहेको थियो ।
महासंघ, महासंघको सदस्य रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेबान) र दरवारमार्ग विकास बोर्डले एनसेलसंग महासंघको सहकार्यमा महोत्सव आयोजना गरिएको थियो ।

महामारीले अर्थतन्त्रलाई शिथिल पारेको समयमा यस्तो सहकार्यले पर्यटन क्षेत्र, लघु उद्यमी, घरेलु, साना तथा मझौला व्यायसायीलाई नयाँ उत्साहका साथ अघि बढ्न प्रोत्साहन दिएको एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले बताए ।

महासंघका निवर्तमान अध्यक्ष भवानी राणाले साना ठूला सबै उद्यम व्यवसायलाई यस्ता कार्यक्रमले उर्जा प्रदान गर्ने बताइन् ।
रेवानका अध्यक्ष अरनिको राजभण्डारीले आन्तरिक र बाह्य पर्यटन पुनरूत्थानमा सहयोग गर्न सकियोस भनेर महोत्सव आयोजना गरिएको बताए ।

गीतसंगित, विभिन्न नेपाली खानाका परिकारका साथै विविध मनोरञ्जनात्मक प्रस्तुतीहरू र महोत्सव आयोजना हुने क्षेत्रमा अन्य रमाइला गतिविधिहरु सहित महोत्सव बेलुका ८ः१५ बजेसम्म चलेको थियो भने महोत्सवको करिव १ लाख दर्शकले अवलोकन गरेको महासंघको ठहर छ ।


क्लिकमान्डु