२४ सय विन्दुभन्दा तल झर्यो नेप्से सूचक, नेष्डोको सेयरमा सकारात्मक सर्किट



काठमाडौं । मंगलबार नेप्से परिसूचक २४ सयभन्दा तल झरेको छ । आजको कारोबारमा ३४.७८ अंकले घटेर परिसूचक २३८५ अंकमा सीमित भएको हो ।

यो दिन ३७ लाख ८३ हजार २४ कित्ता सेयर १ अर्ब ५२ करोड ४३ लाख ६४ हजार ४१८ रुपैयाँमा कारोबारभएको छ । यो दिनको कारोबारमा १३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १७७ वटा कम्पनीको सेयर मूल्य ओरालो लागेको छ । साथै ५ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

अधिकांश कम्पनीहरुको सेयर मूल्य ओरालो लागेको दिन नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ ।

धेरै गुमाउने कम्पनीहरुमा इमर्जिङ नेपाल, न्यादी हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर, राष्ट्रउत्थान लघुवित्त कम्पनी छन् ।
कारोबार रकमका आधारमा शीर्ष स्थानमा हिमालयन डिस्टिलरी, नबिल बैंक, शिबम् सिमेन्ट र नेपाल इन्फ्रास्ट्रक्चर बैंक छन् ।


क्लिकमान्डु