वित्त नीतिमा नकारात्मक हस्तक्षेप अस्वीकार गर्दा गभर्नर हटाउन खोजियोः पौडेल



काठमाडौं । पूर्वअर्थमन्त्री तथा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हटाउन खोज्ने निन्दनीय भएको बताएका छन् ।

पौडेले वित्त नीतिमा नकारात्मक हस्तक्षेप गर्ने सरकारको प्रयास अस्वीकार गर्दा गभर्नरलाई हटाउन लागिएको बताए ।

‘यो निर्णय सच्चाउन म सरकारसँग माग गर्छु, यो व्यक्तिमाथि नभई प्रणालीमाथि गरिएको हस्तक्षेप हो । यसले प्रणाली भत्काउन सहयोग गर्छ,’ उनले भने ।

गभर्नर हटाउने निर्णयले अर्थतन्त्र झनै खराब हुने पौडेलको भनाइ छ ।

उनले व्यवसायिक दक्षताभन्दा पनि आस्थालाई प्राथमिकता दिँदै अर्थमन्त्रालयका कर्मचारी पदस्थापन गरिएको बताए ।


क्लिकमान्डु