रिभर फल्स पावरको आइपीओ निष्काशन



काठमाडौं । रिभर फल्स पावर कम्पनीले आयोजना प्रभावित स्थानीयको साधारण सेयर (आइपीओ) निष्काशन गरेको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि प्रतिकित्ता एक सय रुपैयाँका दरले ७० करोड रुपैयाँको ७ लाख कित्ता आइपीओ निष्काशन गरेको हो । उक्त आइपीओमा संखुवासभा जिल्लाका स्थानीयले न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।

आइपीओमा वैशाख ११ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा वैशाख २६ गतेसम्म आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । स्थानीयले आइपीओमा बिक्री प्रबन्धक प्रभु क्यापिटल, रिभर फल्स पावर कमलादी काठमाडौं र संखुवासभाको धर्मदेवी नगरपालिकामा रहेको कार्यालयमा आवेदन दिन सकिने छ ।

यस्तै प्रभु बैंक, प्राइम कमर्सियल बैंक र ग्लोबल आइएमई बैंकको खाँदबारी शाखाबाट पनि अवेदन दिन मिल्ने छ । यस्तै सी–आस्वा सदस्य रहेका बैंकबाट पनि आवेदन दिन सकिने छ ।


क्लिकमान्डु