फेरि बढ्यो इन्धनको मूल्य, पेट्रोल प्रतिलिटर १६० रुपैयाँ



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागू हुने गरी मूल्य बढाइएको हो ।

जसअनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ पुगेको छ । साथै डिजल र मट्टितेलको मूल्य प्रतिलिटर १४३ रुपैयाँ कायम गरिएको छ ।

निगमले हवाई इन्धन आन्तरिकतर्फ ४ रुपैयाँले बढाएर प्रतिलिटर १५६ रुपैयाँ र बाह्यतर्फ ५० डलरले बढाएर प्रतिकिलोलिटर १५४५ डलर कायम गरिएको छ । साथै एलपी ग्याँसको मूल्य प्रतिसिल्ण्डर १६०० रुपैयाँ कायम गरिएको छ ।


क्लिकमान्डु