भारतमा एचडीएफसी र एचडीएफसी बैंकबीच हालसम्मकै ठूलो मर्जर
एजेन्सी । भारतमा हालसम्मकै सबैभन्दा ठूलो मानिएको बैंकिङ क्षेत्रमा मर्जर भएको छ । सबैभन्दा ठूलो बैंक अझै ठूलो भएको छ । वित्तीय क्षेत्रमा थप स्थायीत्व दिने एवं बढावा प्रदान गर्ने उद्देशयका साथ भारत सरकारले अगाडि बढाएको नीति अनुसार नै एकआपसमा मर्ज भएको हो ।
विवरणहरुमा जनाइएअनुसार एचडीएफसी लिमिटेड र एचडीएफसी बैंकको मर्जर भएको छ । भारतको कर्पोरेट इतिहासमा सबैभन्दा ठूलो सम्झौताहरूमध्ये एक भएको बताइएको छ । एचडीएफसीसँग एचडीएफसी मिसिएको हो ।
देशको सबैभन्दा ठूलो बैंक अहिले झनै ठूलो भएको छ । यतिठुलो कि शुरुवाती अभिभावक कम्पनी पनि अहिले यो बैंकमा समाहित हुन पुगेको हो ।
एचडीएफसी बैंक, भारतको सबैभन्दा ठूलो ऋण प्रदायक संस्था पनि हो । अब यसको एक सहयोगी, एचडीएफसी बैंकसँग मर्ज हुन गइरहेको छ । त्यसको केही प्रक्रिया अझै पनि बाँकी छ ।
दुबै कम्पनीको बोर्डले यो मर्जरलाई अनुमोदन गरेको छ । एचडीएफसीका प्रत्येक सेयरधनीले आफ्नो २५ सेयर बराबर एचडीएफसी बैंकको ४२ कित्ता सेयर पाउनेछन् । यो भारतीय कर्पोरेट इतिहासमा सबैभन्दा ठूलो यस्तो सम्झौता भएको हो ।
यो अनुमान गरिएको छ कि मर्जर पछि, एचडीफसी बैंक भारतको दोस्रो ठूलो कम्पनी टीएससीलाई उछिनेको छ ।
दुबै कम्पनीबाट मर्जरको घोषणा सोमबार बिहानै सेयर बजार खुल्नुअघि नै भएको थियो । कारोबार खुल्नेवित्तिकै बजारले ठूलै सलामी दिएको थियो ।
दुवै कम्पनीको सेयर एकसाथ १३ र १४ प्रतिशतले उकालो लागेको सायद नै यो पहिलो पटक हो ।
एचडीएफसीको शुरुवात
समाचार विवरणहरुमा जनाइए अनुसार ती कम्पनीको सेयरमा उछालको प्रभाव थियो कि सम्पूर्ण बजार उत्सवको मूडमा देखा पर्यो । सेन्सेक्स र निफ्टी दुवैमा ठूलो उछालका साथ बन्द भएका छन् ।
इसरी बजार उफ्रनुको कारण पनि स्पष्ट छ । एचडीएफसी अर्थात् हाउजिङ डेभलपमेन्ट फाइनान्स कर्पोरेशन लिमिटेड एचडीएफसी बैंकको प्रवर्धक कम्पनी हो र यसको सबैभन्दा ठूलो सेयर लगानीकर्ता पनि हो ।
अब एचडीएफसी लिमिटेडसँग एचडीफसी बैंकको सबै सेयर समाप्त हुनेछ । सो समूहका अध्यक्ष दीपक पारेखले पनि अब यो कम्पनीको प्रवर्धक नरहने र पूर्ण पब्लिक कम्पनी हुने स्पष्ट पारेका छन् ।
अर्थात्, यसको सेयर होल्डर नै यसको मालिक हुनेछन् । एचडीफसी आइसीआइसीआइले स्थापना गरेको थियो । ताकी देशका धेरैभन्दा धेरै जनताले ऋण लिएर घर किन्न सकून् र घर कर्जाको ठूलो र व्यवस्थित व्यवसाय शुरु गर्न सकियोस् भन्ने त्यसमा अन्तरनिहित उदेश्य थियो ।
आइसीआईसीआई पनि देशमा औद्योगिक लगानी प्रवर्धन गर्ने उदेश्यले फोर्ड फाउन्डेसनको अनुदानमा सिर्जना गरिएको थियो ।
तर, ९० को दशकमा रिजर्भ बैंकले नयाँ बैंकलाई लाइसेन्स दिएपछि यी दुवै कम्पनीले एक–एक बैंक खोल्न आवेदन दिए र त्यससँगै दुबैले आ–आफ्नो बैंक खोलेका थिए । यो कुरा पनि लगानीकर्ताहरु माझ परिचित छ ।
तर, केहि वर्षपछि सन् २००२ मा आइसीआइसीआईले आफ्नै बैंकसँग मर्ज गर्ने निर्णय गर्यो । त्यसपछि बैंकको आकार अभिभावक कम्पनीको करिब एकतिहाई मात्रै भएकाले यो निर्णयमा धेरै प्रश्न उठेको थियो ।
अझै पनि तर्क स्पष्ट थियो । बैंकसँग बैंकिङ इजाजतपत्र थियो र दुबै कम्पनीले ठूला उद्योगहरूदेखि सामान्य खुद्रा ग्राहकहरूबीच राम्रो पकड राख्न सक्थे ।
त्यसको परिणाम के भयो, त्यो पनि सबैको अगाडि छ । तर, एचडीएफसी कम्पनीको मर्जरको समयमा, अब त्यस्तो कुनै प्रश्न उठ्न सक्दैन । किनभने, एचडीएफसी बैंकले आफ्नो मूल कम्पनीलाई धेरै तरिकामा पछाडि छोडिसकेको छ ।
वार्षिक २५ प्रतिशतभन्दा माथिको वृद्धिदर देखाएर देशकै ठूलो बैंक बनेको मात्र होइन, यस बैंकमा लगानी गर्नेले मनग्गे आम्दानी गरेकाले लगानीकर्तामाझ राम्रो नाम पनि छ । लगानीकर्तालाई दाम पनि दिएको छ ।
एचडीएफसी पनि आम्दानी वा तीव्र गतिमा बढ्ने हिसाबले कोहीभन्दा कम छैन । बरु, धेरै लगानी सल्लाहकारहरूले एचडीएफसीलाई दुई वर्षको बीचमा राम्रो लगानी भएको र नाफासमेत आर्जन गरेको टिप्पणी गरेको छन् ।
कारण यो हो कि एचडीएफसीले आफ्नो व्यवसायबाट कमाएको आम्दानी बाहेक, एचडीएफसी बैंकमा यसको लगभग २६ प्रतिशत होल्डिङ्स पनि यसको आम्दानीको ठूलो हिस्सा भएको अर्थमा लिएका छन् । अर्थात् बैंकको प्रगतिमा पनि उसको ठूलो योगदान रहँदै आएको छ ।
बजारका धेरै विज्ञहरूले लामो समयदेखि यी दुई कम्पनीको मर्जरबाट उनीहरूलाई फाइदा हुने अनुमान वा वकालत गर्दै आएका थिए ।
कारण यो हो कि बैंकले आफ्नो चालु र बचत खाताहरूमार्फत् धेरै कम ब्याजमा धेरै पैसा प्राप्त गर्दछ, जुन घर कर्जा प्रवाह गर्न प्रयोग गरियो भने, धेरै लाभदायक सम्झौता हुन जान्छ ।
एचडीएफसी बैंकले अहिलेसम्म घर कर्जा दिएको छैन । यो कामका लागि आफ्ना ग्राहकहरूलाई एचडीएफसीमा पठाउने गर्दथ्यो अर्थात् एजेन्टको काम गर्ने गर्दथ्यो ।
हालै रिजर्भ बैंकले बैंक तथा गैरबैंकिङ कम्पनीहरुको एनपीए नियममा केही परिवर्तन गरेको छ । त्यसपछि यी दुईको खाता राख्ने विधि अर्थात् लेखा नियममा खासै भिन्नता छैन ।
लगातार २६ वर्षसम्म वार्षिक २६ प्रतिशतको दरले एचडीएफसी बैंकलाई बढाएर देशमा बैंकिङको शिखरमा पुर्याउने आदित्य पुरीको अवकाशपछि बैंकको व्यवसाय र भविष्यमाथि प्रश्न उठ्न थालेको छ । तर, यो निर्णयले ती सबै प्रश्नको जवाफ दिएको छ ।
आजको बलियो अपट्रेन्डको बावजुद, बजार विशेषज्ञहरूले समस्या देखेका छन् । मर्जर हुनुअघि, निफ्टीमा एचडीउफसी बैंकको सेयर ८.५ प्रतिशतभन्दा माथि थियो र एचडीउफसीको सेयर ६ प्रतिशत भन्दा कम थियो ।
सँगै, तिनीहरू १४ प्रतिशतभन्दा अलिमाथि हुन्छन् । अब सेबीले म्युचुअल फण्डमा कुनै एक कम्पनीमा आफ्नो सेयर १० प्रतिशतभन्दा बढी नहुने गरी प्रतिबन्ध लगाएको छ । यसको सरल अर्थ हो कि धेरै कोषहरूले यी सेयरहरू बेच्नुपर्नेछ ।
तर, अर्कोेतर्फ, एचडीएफसी बैंकमा एचडीएफसीसँग रहेको लगभग २६ प्रतिशत सेयर अब समाप्त हुने छ । एचडीएफसीका सेयरधनीले प्रत्येक पच्चीस सेयरमा बैंकको ४२ सेयर पाउने भएका छन् ।
नतिजा यो हुनेछ कि एचडीएफसीका सेयर लगानीकर्ताले अब बैंकमा लगभग ४१ प्रतिशत बराबरको हिस्सा राख्नेछन् । यसले म्युचुअल फण्डको गणित पनि परिवर्तन गर्न सक्छ ।
यससँगै कुनै पनि एक सेयरमा विदेशी लगानीको सीमा तोकेपछि विदेशी संस्थाका लागि थप केही खरिद गर्ने अवसर पनि खुल्नेछ । अर्थात् विदेशी लगानीकर्ताको खरिदका कारण सेयर बढ्ने सम्भावना पनि छ ।
तर, सेयर बजारलाई हेर्दा यति ठूला बैंक बनेपछि बैंकका ग्राहक र प्रतिस्पर्धी बैंक तथा आवास कर्जा कम्पनीलाई पनि समस्या पर्न सक्छ ।
मर्जर हुनुअघि पनि एचडीएफसी बैंकको देशमा सबैभन्दा धेरै कार्यालय थिए, तर कर्मचारीहरूको संख्या स्टेट बैंक अफ इन्डियाको भन्दा कम छ । तर पनि सार्वजनिक क्षेत्रका बैंकहरू पनि प्रतिस्पर्धामा कमजोर बन्दै गएको देखिन्छ ।
अर्थात्, अब ग्राहकका साथै सरकारी बैंकका कर्मचारी र भारत सरकारको पनि चिन्ता बढाउने बेला आएको छ ।
सार्वजनिक क्षेत्रका सबै साना बैंकलाई मर्ज गरी बजारमा निजी बैंकसँग प्रतिस्पर्धा गर्न सक्ने अधिकतम चारवटा ठूला सरकारी बैंक राख्ने कुरा लामो समयदेखि चलिरहेको छ ।
तर, अब त्यसमा छिटो काम गर्ने बेला आएको छ । किनभने अब एचडीएफसीको यो निर्णयले सीसीआईको स्वीकृति लिनुपर्नेछ । र, त्यसपछि बैंकले पनि आफ्ना आन्तरिक समस्याहरू समाधान गर्नुपर्नेछ ।
यसका लागि शीर्ष अधिकारीदेखि तल्लो तहका कर्मचारीसम्मले भविष्यको खाका बनाउनुपर्छ र बुझाउनुपर्छ ।
अहिले सम्म दुबै कम्पनीले बजारको आवश्यकता अनुसार छिटो निर्णय लिने गरेको भएपनि अहिले उनीहरुको ठुलो साइजले छिटो निर्णय लिन र कार्यान्वयनमा कठिनाई हुने गरेको समेत बताइएको छ ।
यो विशाल बैंकले आफ्नो कठिनाइबाट छिट्टै बाटो पत्ता लगाउने अपेक्षा गर्नुपर्दछ । तर, यसको मतलब यो पनि हो कि उनीहरूसँग प्रतिस्पर्धा गरिरहेका बैंकहरू र कम्पनीहरूसँग तयारी गर्न धेरै समय छैन ।
ती संस्थाको विलयको अन्तिम काम भने सन् २०२४ मा सम्पन्न हुनेछ । एचडीएफसीको सम्पत्ति ६.२३ लाख करोड भारु बराबर छ । यस्तै, कारोबार भने ३५ हजार ६८१ म भइरहेको छ । एचडीएफसी बैंकको कूल सम्पत्ति १९.३८ लाख करोड भारु बराबर छ ।