कोरोना महामारीमा थला परेको पर्यटन क्षेत्र ४५ प्रतिशत रिकोभर



काठमाडौं । कोभिड-१९ को महामारीपछि गत मार्च महिनामा नेपालमा पर्यटकको संख्या उल्लेख्य मात्रामा वृद्धि भएको छ ।

कोभिड–१९ को महामारीका कारण विगत दुई वर्षदेखि सुस्ताएको पर्यटन क्षेत्र पछिल्लो समय पर्यटकहरुको आगमन बढेसँगै बिस्तारै उक्सिन थालेको छ ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले समग्रमा नेपालको पर्यटन व्यवसाय ४५ प्रतिशतले रिकोभर भएको बताए । छिमेकी देश भारतबाट गत मार्च महिनामा १५ हजार १३ जना पर्यटक आएको उनले बताए ।

सन् २०१९ को मार्च महिनामा पर्यटकको संख्या १५ हजार ६ सय ६ रहेको पनि उहाँले जानकारी दिए । बंगलादेशबाट पनि सन् २०१९ को भन्दा बढी पर्यटक भित्रिएका उनले उल्लेख गरे । प्रमुख कार्यकारी अधिकृत रेग्मीले सन् २०१९ को तुलनामा एसियन देशहरुमा २.४ प्रतिशतले मात्रै माइनसमा रहेको बताए ।

एशियन देशहरुमा कतिपय देशहरु नखुलिसकेको र एयरलाइन्स पनि नखुलिरहेको अवस्थामा ती देशहरुबाट अझ पर्यटन आउन बाँकी रहेको उनले बताए । चीन, जापान, मलेसिया, सिंगापुर, कोरिया, म्यान्मार, थाइल्याण्डको केशमा माइनस ९३ प्रतिशत रहेको उनको भनाइ छ ।

अमेरिकाको माइनस ४४ प्रतिशत रहेको तथा युरोपियन देशहरुमा भने ४५ प्रतिशत रिकभर भइसकेको उनले जानकारी दिए ।

रेग्मीले समग्रमा पर्यटन क्षेत्र ४५ प्रतिशतले रिकभर भएको बताए । अहिलेकै अवस्थामा अगाडी बढेमा अक्टोवरसम्ममा सन् २०१९ कै अवस्थामा पुग्न सकिने उनले बताए । विशेषगरी बंगलादेश, भारत र श्रीलंकालाई फोकस गरेर मार्केटिङ गर्नुपर्नेमा उनले जोड दिए ।

विदेशी पर्यटकहरुले पोखरालाई मुख्य गन्तव्य बनाएको उनले बताए । धेरैजसो पर्यटकहरु ट्रेकिङमा गएको उनले जानकारी दिए । दैनिक १०० जनाभन्दा बढीलाई ट्रेकिङको लागि इजाजत दिइएको रेग्मीले बताए । पोखरा, धरान, नेपालगञ्ज लगायतका ठुला शहरहरुको अवस्था हेर्दा होटलहरु पहिलेकै अवस्थामा सञ्चालन भइरहेका र होटलहरुले बिजनेश पाइरहेको उनले बताए ।

‘हामीले इन्डियनलाई पर्यटक भनेका छौँ । फेरी उनीहरुलाई आउँदाखेरी हामीले गरेको व्यवहार राम्रो छैन । त्यसलाई सुधार्नुपर्छ । यो एउटा व्यवसायीले गरेर हुने होइन । गृह मन्त्रालय लाग्नुपर्छ । उनीहरुलाई एउटा अतिथिले पाउनुपर्ने जुन सत्कार हो, उहाँहरुलाई सम्मान दिएर नेपाल ल्याउन सकियो । उहाँहरुलाई बारम्बार गाडी रोक्ने, दुःख दिने नगरेर सहज बनाउन सकियो भने यसले काम गर्छ । एउटा ठुलो समस्या भारतिय पर्यटकहरुमा नेपाल पैसा पठाउने समस्या भएको छ । त्यो पनि सहजीकरण गरिदिनुप¥यो ।’ रेग्मीले भने, ‘कार्डबाट निकाल्न लिमिट नराखौँ । भारतीय दुई हजारको नोट चल्न दिऊँ । उनीहरुलाई सम्मान दिनुप¥यो । जतिधेरै हामी भारतिय पर्यटकलाई सम्मान दिन्छौँ । जतिधेरै उहाँहरुलाई नेपाल पस्न सहज बनाउँछौँ । र, मनि एक्सचेन्जको सुविधा दिन्छौँ । त्यति नै धेरै नेपालको प्रवद्र्धन हुन्छ ।’


क्लिकमान्डु