माछापुछ्रे बैंकको नयाँ शाखा धनगढीको राजपुरमा



काठमाडौं । माछापुछ्रे बैंकले धनगढी उपमहानगरपालिका वडा नम्बर १३ राजपुरमा नयाँ शाखा स्थापना गरेको छ ।

बिहीबार धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले शाखा कार्यालयको उद्घाटन गरेका छन् । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला पनि उपस्थित थिए ।

योसँगै कैलालीमा बैंकको शाखा कार्यालयको संख्या ४ पुगेको छ । नयाँ शाखा कार्यालयमार्फत् कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ्ग सुविधा उपलब्ध हुने बैंकको भनाइ छ ।

बैंकले हाल देशभर १६४ शाखा, ८ एक्सटेन्सन काउन्टर, १५७ शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम छन् । बैंकका १३ लाखभन्दा बढी छन् ।


क्लिकमान्डु