एनएलजी इन्स्योरेन्सको लाभांश पारित, सञ्चालकमा २ जना निर्विरोध निर्वाचित



काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको १६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभाले १०.५२ प्रतिशत लाभांश पारित गरेको छ । साथै, सभाले सेयरधनीहरुका तर्फबाट सञ्चालक समितिमा शालिनी राणा शाह र डा. भरत कुमार थापालाई निर्विरोध निर्वाचित गरेको छ ।

कम्पनीले चालु आवमा २ अर्ब रुपैयाँ १२ करोड कुल बीमाशुल्क र ६८ करोड ७७ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन जनाएको छ । यस्तै, कम्पनीले यस अवधिसम्ममा २० करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

सभाले आर्थिक वर्ष २०७७÷७८ को लेखापरीक्षकको प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७८ साल असार मसान्तसम्मको वासलात लगायतका विषयमाथि छलफल गरी पारित गरेको छ ।


क्लिकमान्डु