सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढ्यो



काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार ८ सय रुपैयाँ कायम भएकोमा बिहीबार १ सय रुपैयाँले बढेर ९८ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, बुधबार तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ३ सय रुपैयाँ कायम भएकोमा बिहीबार ९८ हजार ४ सय रुपैयाँ कायम भएको छ । साथै, बुधबार चाँदीको मूल्य प्रतितोला १३ सय ६० रुपैयाँ कायम भएकोमा बिहीबार १० रुपैयाँले घटेर १३ सय ५० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु