भारतीय नागरिक अग्रवालविरुद्ध साढे ७ करोड बढीको बिगो तथा जरिवाना माग गर्दै मुद्दा दायर



काठमाडौं । राजस्व अनुसन्धान विभागले भारतीय नागरिक अमितकुमार अग्रवाल विरुद्ध ७ करोड ६० लाख ६५३ हजार ७०४ रुपैयाँको बिगो दाबीसहित उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

भारतको पश्चिम बंगाल, सिलगुरी थाना स्थायी ठेगाना भइ हाल काठमाडौं ताहाचलमा बस्ने ३२ वर्षे अग्रवाल विरुद्ध विभागले मुद्दा दायर गरेको हो ।

अग्रवालको फर्मले राजस्व चुहावट गर्ने मनसायले बिजक जारी नगरी अर्डर र इस्टिमेट लुज बिल जारी गरी मालसामाल बिक्री गरेको आरोप विभागको छ । उनले फर्मबाट हुने आयलाई व्यवसायको आधिकारिक बिक्री आयमा समावेश नगरी नगद घरमै राख्ने गरेको तथा आयकर ऐन तथा मूल्य अभिवृद्धि कर ऐन तथा नियम अनुसार तिर्नुपर्ने राजस्व चुहावट गरेको आरोप विभागको छ ।

उनले मूल्य अभिवृद्धि कर ३ करोड १७ हजार ९९ रुपैयाँ, आयकर ८ लाख १४ हजार ७५३ रुपैयाँ समेत जम्मा गरी कुल बिगो ३ करोड ८० लाख ३१ हजार ८५२ रुपेयाँ तथा शतप्रतिशत जरिवाना गरी ७ करोड ६० लाख ६३ हजार ७०३ रुपैयाँ कायम गरेको छ ।


क्लिकमान्डु