सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घट्यो



काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार २ सय रुपैयाँ कायम भएकोमा बुधबार ४ सय रुपैयाँले घटेर ९८ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ७ सय रुपैयाँ कायम भएकोमा बुधबार ९८ हजार ३ सय रुपैयाँ कायम भएको छ । साथै, मंगलबार चाँदीको मूल्य प्रतितोला १३ सय ७० रुपैयाँ कायम भएकोमा बुधबार १० रुपैयाँले घटेर १३ सय ६० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु