‘कन्स्ट्रक्सन होलिडे’ घोषणा गर्न निर्माण व्यवसायीको सरकार समक्ष माग



काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले पछिल्लो समय निर्माण सामग्रीमा भएको मूल्यवृद्धि नियन्त्रण नभएसम्मको अवधिलाई गणना हुने गरी नेपाल सरकारले कन्स्ट्रक्सन होलिडे घोषणा गर्नुपर्ने माग गरेको छ ।

महासंघले पेट्रोलियम डिजेल, ग्यास, फलामजन्य निर्माण सामग्री, छड, पाता, आईरन ब्लेड, बिटुमीन, सिमेन्ट, ग्याविन तार र नदीजन्य एवं खानीजन्य गिट्टी, बालुवा, ढुङ्गा, इट्टालगायतका निर्माण सामग्रीको अप्रत्याशित रुपमा अत्याधिक मूल्यवृद्धि भएकाले नघटेसम्म कन्स्ट्रक्सन होलिडे घोषणा गर्नुपर्ने माग गरेको हो ।

त्यस्तै, महासंघले मूल्य समायोजनका लागि सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम सबै आयोजनाहरूमा व्यवसायीले मूल्यवृद्धि पाउने गरी २०६५ सालमा जस्तै समायोजन गर्नुपर्ने माग गरेको छ ।

महासंघले सार्वजनिक खरिद निमावली, २०६४ को ११औं संशोधनको त्रुटी सच्याउनुपर्ने जनाएको छ ।

साथै, आगामी वैशख १ गतेदेखि लागु हुने गरी २०७९ चैत मसान्तसम्म सबै परियोजनामा एकमुष्ठ १ वर्ष म्याद थप हुनुपर्ने माग गरेको छ ।

त्यससँगै, महासंघले बीमाको प्रिमियम दरमा भएका मूल्यवृद्धिबारे निर्देशिका खारेज गर्नुपर्ने माग गरेको छ ।


क्लिकमान्डु