केसीएल अस्ट्यूट क्यापिटलले अब गरिमा क्यापिटलका नाममा कारोबार सञ्चालन गर्ने



काठमाडौं । केसीएल अस्ट्यूट क्यापिटलले अब गरिमा क्यापिटलका नामबाट कारोबार गर्ने भएको छ ।

गरिमा विकास बैंकको ५१.२० प्रतिशत सेयर स्वामित्व रहने गरी गरिमा क्यापिटल गरिमा विकास बैंकको सहायक कम्पनीको रुपमा रुपान्तरण भएको छ ।

गत असार ४ गते केसीएल अस्ट्यूट क्यापिटल र गरिमा विकास बैंक लिमिटेडबीच गरिमा विकास बैंक लिमिटेडले केसीएल अस्ट्यूट क्यापिटलको सेयर लगानी÷स्वामित्व खरिद गर्ने सम्बन्धी सम्झौता भएको थियो ।

गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो ।

साविक के सी एल अस्ट्यूट क्यापिटल लिमिटेडबाट लगानी व्यवस्थापन सेवा तथा निक्षेप सदस्य (डिम्याट तथा मेरो शेयर खाता सम्बन्धी) सेवा प्रवाह हुँदै आएकोमा अब गरिमा क्यापिटल लिमिटेडले मर्चेन्ट बैंकरले प्रदान गर्न सक्ने अन्य सम्पूर्ण सेवाहरु प्रदान गर्नेछ ।

जसमा सेयर निष्काशन तथा बिक्री प्रबन्धक, धितोपत्र प्रत्याभूति, सेयर रजिष्टे«शन, संस्थागत परामर्श तथा सामूहिक लगानी कोष, प्राइभेट इक्वीटी फण्ड, भेञ्चर क्यापिटल फण्ड, हेज फण्डलगायत अन्य फण्डहरुको व्यवस्थापन सम्बन्धी सेवाहरु प्रदान गर्नेछ ।

गरिमा क्यापिटलका सेवाहरु ग्राहक समक्ष पुर्याउन बैंकले सम्पूर्ण शाखा कार्यालयबाट सहजिकरण हुने व्यवस्था मिलाइने कम्पनीको भनाइ छ ।

क्यापिटलको अध्यक्षमा दीपक पाण्डेय र सदस्यहरुमा रमाकान्त बराल, यादव कुमार श्रेष्ठ, माधव प्रदान उपाध्याय र अनिल श्रेष्ठ रहनेछन् ।


क्लिकमान्डु