पूर्वाञ्चल विश्वविद्यालयले माग्यो १११ जना कर्मचारी



काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयले विभिन्न पदका लागि १११ जना कर्मचारी माग गरेको छ ।

विश्वविद्यालयको सेवा आयोगको कार्यालयले बढुवा, आन्तरिक र खुल्ला÷समावेशी प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्ने जनाएको छ ।

विश्वविद्यालयले अधिकृत, मुख्य सहायक, सहायक र श्रेणीविहिन पदका लागि कर्मचारी माग गरेको हो ।

विश्वविद्यालयले अधिकृत पदका लागि ११ जना कर्मचारी माग गरेको छ । अधिकृत पदका लागि विश्वविद्यालयले प्रशासन, लेखा, भण्डार, पुस्तकालय, कम्प्युटर र कानून सेवा÷समुहका लागि सो संख्यामा कर्मचारी माग गरेको हो ।

मुख्य सहायक पदका लािग विश्वविद्यालयले २६ जना कर्मचारी माग गरेको छ । मुख्य सहायक पदका लागि विश्वविद्यालयले प्रशासन, लेखा, भण्डार, पुस्तकालय, कम्प्युटर, स्टाफ नर्स र मुख्य ओभरसियर सेवा÷समूहका लागि सो संख्यामा कर्मचारी मागेको हो ।

सहायक पदका लागि ४० जना कर्मचारी माग गरिएको छ । यस पदका लागि प्रशासन, लेखा, भण्डार, ल्याव असिस्टेन्टसिभिल), ल्याव असिस्टेन्ट(इलेक्ट्रिकल), ल्याव असिस्टेन्ट(कम्प्युटर), ल्याव असिस्टेन्ट र ल्याव असिस्टेन्ट सेवा÷समुहका लागि कर्मचारी माग गरिएको विश्वविद्यालद्धारा नारी विज्ञापनमा उल्लेख छ ।

यस्तै, विश्वविद्यालयले श्रेणी विहिन पदमा ३४ जना कर्मचारी माग गरेको छ । यस पदका लगि ड्राइभर लाइट, ड्राइभर हेभी, पियन, माली, लौण्ड्री, भान्से र कुचिकार सेवा÷समुह पदका लागि सो संख्यामा कर्मचारी माग गरेको छ ।

शैक्षिक योग्यता पुगेका नेपाली नागरिकले आगामी वैशाख १९ गतेसम्म आवेदन दिन सक्ने जनाईएको छ । यस्तै विश्वविद्यालयका अनुसार दोब्बर दस्तुर तिरेर वैशाख २६ गतेसम्म आवेदन दिन सकिने छ । पूर्वाञ्चल विश्वविद्यालय, सेवा आयोगको कार्यालयको वेवसाइटमार्फत् अनलाइन दरखास्त दिनु पर्ने छ ।

अधिकृत पदका लागि आवेदन दस्तुर ३५ सय रुपैयाँ, मुख्य सहायक पदका लागि २५ सय रुपैयाँ, सहायक पदका लागि २ हजार रुपैयाँ र श्रेणी विहिन पदका लागि एक हजार ५ सय रुपैयाँ बुझाउनु पर्ने विज्ञापनमा उल्लेख छ ।

समावेशी समूहमा समेत आवेदन दिने उम्मेद्वारले थप समूह वापत २० प्रतिशत थप शुल्क लाग्ने छ ।


क्लिकमान्डु