वाणिज्य बैंकमा बढ्न सकेन निक्षेप, कर्जा विस्तार २ अर्ब मात्रै




काठमाडौं । वाणिज्य बैंकको निक्षेप संकलन र कर्जा लगानी अझै बढ्न सकेको छैन ।

चैत दोस्रो सातासम्म आइपुग्दा वाणिज्य बैंकमा निक्षेप संकलन २ अर्ब रुपैयाँले बढेको छ भने कर्जा विस्तार २ अर्ब रुपैयाँले बढेको छ ।

चैत पहिलो साता बैंकमा निक्षेप संकलन ५ अर्ब तथा कर्जा विस्तार रुपैयाँले घटेको थियो भने कर्जा विस्तार ४ अर्र्ब रुपैयाँले गिरावट आएको थियो ।

चैतको दुई साताको अवधिमा बैंकको निक्षेप संकलन ३ अर्बले घटेको छ भने कर्जा विस्तार २ अर्बले नै घटेको छ ।

बैंकर्स संघका अनुसार चैत दोस्रो साता (११ गते)सम्म आइपुग्दा निक्षेप संकलन २ अर्बले बढेर ४३ खर्ब ३० अर्ब रुपैयाँ रहेको छ भने कर्जा विस्तार करिब २ अर्बले बढेर ४१ खर्ब ७० अर्ब रुपैयाँ रहेको छ ।


क्लिकमान्डु