एनआरएनमा ३ जना अध्यक्ष हुने सहमति



काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को दशौं विश्व सम्मेलनले विधान संशोधन गर्दै ३ जना अध्यक्ष रहने व्यवस्था गरेको छ ।

संघको विधानको धारा १७.२ र १७.१० को व्यवस्था हाललाई निस्कृय गरी कार्यसमितिको पद र संख्या निर्धारण सहित घोषणा गर्ने सम्पूर्ण अधिकार अध्यक्ष मण्डललाई प्रदान गर्ने निर्णय अनुसार अध्यक्ष मण्डलले यस्तो निर्णय गरेको हो ।

संघको वर्तमान परिस्थिती र अवस्थालाई मध्येनजर राख्दै संघको विधानको धारा १७।२ को अध्यक्ष पददेखि क्षेत्रीय युवा उपसंयोजकसम्मका पदहरु र धारा १७.१० लाई निष्कृय गरी संशोधित व्यवस्था लागू गरेको छ ।

संशोधित व्यवस्था संघको यसपछि सन् २०२३ को कार्यसमितिको निर्वाचन प्रक्रिया अगाडिको समयसम्म मात्र लागू हुने बताइएको छ । त्यसपछि यो व्यवस्था स्वतः निष्कृय हुने व्यवस्था छ ।

नयाँ व्यवस्थाअनुसार ३ जना अध्यक्ष रहनेछन् । साथै, उपाध्यक्ष– ११, महासचिव–२, उप महासचिव–६, सचिव–१०, कोषाध्यक्ष–३, सह–कोषाध्यक्ष–८, महिला सह–कोषाध्यक्ष –३, प्रवक्ता –२, महिला संयोजक– २, युवा संयोजक–२, क्षेत्रीय संयोजक–२, क्षेत्रीय उपसंयोजक ९युरोप क्षेत्र ७ र अन्य क्षेत्र ५० क्षेत्रीय महिला संयोजक– २, क्षेत्रीय युवा सयोजक– २, क्षेत्रीय महिला उपसंयोजक– २, क्षेत्रीय युवा उपसंयोजक–२ रहने व्यवस्था छ ।


क्लिकमान्डु