सानिमाको हकप्रद भर्ने आज अन्तिम दिन
काठमाडौं । सानिमा बैंकले निष्कासन गरेको हकप्रद सेयर भर्ने आज अन्तिम दिन हो ।
हकप्रद निष्कासन तथा बिक्री प्रवन्धक सिबिआईएल क्यापिटलका अनुसार आज आइतबार बैकिङ समय भित्रमा हकप्रद सेयर भर्नुपर्छ ।
सानिमा बैंकले १० कित्ता बराबर ३ कित्ता हकप्रद पाउने गरी १ करोड ५९ लाख १७ हजार ६ सय १७ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो ।
हकप्रद सेयर सिबिआईएल क्यापिटलको कार्यालय,सानिमा बैंकका शाखा कार्यालयबाट भर्न सकिन्छ ।