बिओकेका ग्राहकलाई पोखराको रोडहाउस क्याफेमा १० प्रतिशत छुट



काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र रोडहाउस क्याफे पोखराबिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको आदरणीय ग्राहक महानुभावहरुलाई १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

यस सम्झौता पश्चात् ग्राहक महानुभावहरुले रोडहाउस क्याफे पोखरामा उपलब्ध हुने सम्पूर्ण सेवाहरुमा एकमुष्ठ १० प्रतिशत छुट पाउनुहुनेछ । उक्त छुटको उपयोग गर्नको लागि ग्राहक महानुभावहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।

रोडहाउस क्याफे पोखराले लेकसाइड, पोखराबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आइरहेको छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरु, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ ।


क्लिकमान्डु