यातायात व्यवस्था विभागको सर्भर डाउन, देशभर सेवा अवरुद्ध



काठमाडौं । यातायात व्यवस्था विभागको सर्भर डाउन भएको छ ।

विभागले आज सूचना जारी गर्दै विभागका सर्भरमा विद्युतीय समस्या देखिएको जनाएको हो ।

विभागले सर्भरमा समस्या देखिएसँगै सो समस्या समाधान गर्न आज अपरान्ह ५ बजेदेखि उक्त समस्या समाधान नभएसम्मका लागि यातायात कार्यालयहरूबाट प्रदान गरिने सबै सेवाहरू अवरुद्ध भएको जनाएको छ ।


क्लिकमान्डु