एनसेलले फागु पूर्णिमाको अवसरमा ल्यायो नयाँ डेटा प्याक योजना



काठमाडौं । एनसेलले फागु पूर्णिमाको अवसरमा मोबाइल डेटामा नयाँ अफर ल्याएको छ ।

मोबाइल डेटा सस्तो बनाउँदै एनसेलले गज्जबको दैनिक जीबी प्याक अन्तर्गत नयाँ डेटा प्याक ल्याएको हो ।

कम्पनीले दैनिक जीबी डेटा प्याक अन्तर्गत सञ्चालनमा रहेका प्याकहरूमा पनि भोल्युम बढाएको छ ।

ग्राहकले अब करसहित १२९ रुपैयाँमा ७ जीबी अल टाइम डेटा प्याक लिँदै ७ दिनसम्म प्रत्येक दिन १ जीबी डेटा प्रयोग गर्न सक्छन् ।

त्यसैगरी १९९ रुपैयाँमा १४ जीबी अल टाइम डाटा प्याक १९९ मा लिएर ७ दिनसम्म दैनिक २ जीबी डेटा प्रयोग गर्न सक्नेछन् ।

यी दुई दैनिक जीबी डेटा प्याक बाहेक एनसेलले आफ्ना ग्राहकका लागि पहिला नै सञ्चालनमा रहेका डेटा प्याकमा डेटा भोल्युम पनि बढाएको छ ।

यस अन्तर्गत ग्राहकहरुले पहिले कै मूल्यमा थप भोल्युम सहितको डेटा प्याकबाट फाइदा लिन सक्नेछन् ।

भोल्युम बढाइएका डेटा प्याक अन्तर्गत ग्राहकले मात्र १६९ रुपैयाँमा १०.५ जीबी डेटा खरिद गरी दैनिक १.५ जीबी डेटा ७ दिनसम्म प्रयोग गर्न सक्छन् ।

पहिले सोही शुल्कमा ग्राहकले दैनिक १ जीबीका दरले ७ दिनसम्म कुल ७ जीबी पाइरहेका थिए । त्यसभन्दा धेरै डेटा भोल्युम चाहिने ग्राहकले २६९ रुपैयाँमा २१ जीबी डेटा हरेक दिन ३ जीबीका दरले ७ दिनसम्म प्रयोग गर्न सक्छन् । यसअघि ग्राहकले सोही मूल्यमा १४ जीबी डेटा हरेक दिन २ जीबीका दरले ७ दिनसम्म प्रयोग गरिरहेका थिए ।

साथै, एनसेलका ग्राहकले अब ५९९ रुपैयाँमा ४२ जीबी डेटा २८ दिनसम्म प्रयोग गर्न सक्नेछन् ।

यी नयाँ तथा परिमार्जित प्याक आज बुधबारदेखि सञ्चालनमा ल्याएको एनसेलको भनाइ छ ।

प्रिपेड ग्राहकले एष्ट्रिक्स १७१२३ एष्ट्रिक्स ह्यास डायल गरी प्याक लिन सक्नेछन् भने एनसेलको एप तथा वेबसाइटबाट पनि प्याक खरिद गर्न सक्नेछन् ।


क्लिकमान्डु