पर्यटन बोर्डद्वारा ९० गाइडलाई रेस्क्यु तथा सेफ्टी तालिम प्रदान



काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रबर्द्धन र ट्रेकिङ गाइड एसोसिएशन अफ नेपाल (टिगान)को आयोजनामा ९० गाइडहरुको सहभागितामा आधारभूत रेस्क्यु तथा सेफ्टी तालिम दिइएको छ ।

उनीहरुलाई फागुन २२ गतेबदेखि २९ गतेसम्म काठमाडौंमा तालिम दिइएको हो ।

विशेष गरी पर्यटन कार्यस्थलमा भैपरी आउने समस्यालाई समाधान गर्ने र प्राकृतिक विपत्तीआदिमा कसरी तयारी गर्ने भन्ने विषयमा तालिममा ज्ञान दिइएको थियो ।

त्यसै गरी म्याप नेभिगेशन गरेर आफू कसरी सही गन्तव्य पत्ता लगाउने भन्ने विषय लगायत कोभिड–१९ पछिको स्वास्थ्य मापदण्डको विषयमा समेत ज्ञान दिएको थियो ।

सात दिनसम्म सञ्चालन भएको तालिम तीन दिन सैद्दान्तिक र चार दिन प्रयोगात्मक रुपमा प्रशिक्षण दिइएको थियो ।

प्रयोगात्मक तालिमको क्रममा प्रशिक्षार्थीहरुले तारेभिरबाट जगडोल सहिद मेमोरियल पार्कसम्मको क्षेत्रबाट प्लाष्टिकजन्य करिब ५ सय किलोभन्दा बढी फोहोर संकलन गरी सम्बन्धित क्षेत्रका फोहोर व्यवस्थापन गर्ने सरोकार निकायलाई जिम्मा लगाइएको थियो ।


क्लिकमान्डु