ठेक्कामा रहेको सिण्डिकेट हटाउने निर्माण व्यवसायी महासंघ अध्यक्ष सिंहको घोषणा



ठेक्कामा केही निर्माण कम्पनीको सिण्डिकेट अन्त्य गर्ने निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंहको घोषणा
नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष रवि सिंहले आगामी तीन वर्षको कार्यकालमा पहिलो काम सार्वजनिक खरिद नियमावली ११ औं संशोधनलाई कार्यान्वयन गराउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सोमबार नवनिर्वाचित नयाँ कार्यसमितिको पद तथा सपथ ग्रहण कार्यक्रमा बोल्दै अध्यक्ष सिंहले सरकारले केही दिन अगाडि मात्रै सार्वजनिक खरिद नियमावली ११ ंसंशोधन गरेकाले संशोधन नियमावली कार्यविधि बनाउने काम गरेको बताए ।

पछिल्लो समय निर्माण सामाग्रिको मूल्य अत्याधिक बढेकाले मूल्यवृद्धि नियन्त्रण गर्न मूल्यवृद्धि निर्देशिका जारी गर्ने अध्यक्ष सिंहले उल्लेख गरे ।
े संसदमा पेश भएको सार्वजनिक खरिद ऐन पास भएपछि पूर्वाधार र देश विकास मैत्री बनाउने बताए । अध्यक्ष सिंहले ११ औं अधिवेशन प्रतिवद्धता पुरा गर्न बाँकी रहेकाले आगामी तीन वर्षमा सबै प्रतिवद्धता व्यक्त गरे ।

‘११ औं महाधिवेशनमा प्रतिबद्धता गरेका कुराहरु कति पुरा गरे कति गर्न बाँकी छ । प्रतिवद्धताहरुलाई पूर्ण रुपमा १२ औं महाधिबेशनबाट निर्वाचित भएर आएकाले ३ वर्ष कार्यकालमा पूरा गर्दै अगाडि बढ्ने छु । अहिलेको आवश्यकता सार्वजनिक खरिद नियमावली पटक–पटक संशोधन गरौं । निर्माण कार्यमा भएका समस्याहरु र देश विकासमा भएका समस्याहरु पूर्वाधारका काम समयमा नै सम्पन्न नहुने अत्यन्त कम मूल्यमा ठेक्का लिएर केही निर्माण कम्पनी हातमा मुलुकको समग्र पूर्वाधार पुग्दा जुन असमान वितरण प्रणाली छ । त्यसलाई सम्बोधन गर्नको लागि नेपाल सरकारले सार्वजनिक खरिद नियमावलीको ११ औं संशोधन गरेको छ । संशोधन भएको नियमावली निर्माण व्यवसायीहरुले माग गरे अनुसार प्रकाशित भयो,’ उनले भने ।

अध्यक्ष सिंहले विकास निर्माणका समपूर्ण योजना कुने एक निर्माण कम्पनीले दिने प्रचनल अन्त्य गर्नु पर्ने बताए ।

पछिल्लो पटक सरकारले श्रम सहकारी मार्फत जनतालाई रोजागारी दिने भनि स्थानीय तहका १ करोड सम्मका काम उपभोक्ता समितिबाट गर्ने कार्य खारेज गर्न सरकारसँग माग गरे ।


क्लिकमान्डु