युक्रेनी युवामन्त्री रुससँग लड्दैछन् डिजिटल युद्ध, सोसल मिडियाबाट दबाब बनाए, सेनाका लागि जुटाए ८ अर्ब



एजेन्सी । गत फेब्रुअरी २४ तारिखमा जब रुससँग युद्ध शुरु भयो तब युक्रेनी राष्ट्रपति वोलोदमिर जेलेक्सीले उप–प्रधानमन्त्री मेखाइलो फेडोरोभलाई महत्वपूर्ण जिम्मवारी सुम्पिए ।

मेखाइला युक्रेनी क्याबिनेटका सबैभन्दा कम उमेरका युवा मन्त्री हुन् । उनी ३२ वर्षका भए । उनै मेखाइला फेडोरोवले तुरुन्तै समानान्तर डिजिटल युद्धको नेतृत्व सम्हाले ।

उनले रुसको वैश्विक अर्थव्यवस्थालाई तहसनहस पार्नका लागि बहुराष्ट्रिय कम्पनीसँग सम्पर्क तथा वैश्विक इन्टरनेटसँग रुसको सम्बन्ध टुटाउनका लागि अभियान नै शुरु गरे । टेक्नोलोजी उद्यमी समेत रहेका फेडोरोभले यसका लागि सोसल मिडिया, क्रिप्टोकरेन्सी जस्ता कैयन डिजिटल साधन अपनाए ।

ट्विटर तथा अन्य सोसल मिडियाबाट बनाए दबाब
ट्विटर तथा अन्य सोसल मिडियाका माध्यमबाट एप्पल, गुगल, नेटफ्लिक्स, इन्टेल, पेपरमाथि रुससँग भइरहेको कारोबार नगर्नका लागि दबाब सिर्जना गरे ।

२५ फेब्रुअरीमा उनले एप्पल, गुगल तथा नेटफ्लिक्सलाई रुससँग सेवा अबरुद्ध गर्नका लागि पत्राचार समेत गरे । एक साताभन्दा कम समयमा एप्पलले रुसमा नयाँ आइफोन तथा अन्य उत्पादन बिक्री बन्द गर्यो । त्यसको भोलिपल्ट टेस्ला तथा स्पेस एक्सका संस्थापक एलन मस्कले ट्विट गर्दै स्पेस एक्सले बनाएको स्याटेलाइट इन्टरनेट सिस्टम मागे ।

गुगलले म्याप बन्द गर्यो
रुसद्वारा टेलिकम्युनिकेशन तहस–नहस गर्नका लागि अवस्थामा यो प्रविधि युक्रेनमा अनलाइन राख्नका लागि सहयोग हुन सक्नेछ । २ दिनपछि मस्ले एक शिपमेन्ट युक्रेन पठाए । फेडोरोभले गुगलका भाइस प्रेसिडेन्ट करण भाटियालाई फोन सम्पर्क गरे । त्यसपछि गुगलले रुसमा गुगल म्यापको सेवा बन्द गर्यो । र, अन्य फिचर सञ्चालनमा पनि रोक लगाइदियो । यसबाट रुसी सैनिक युक्रेनका नागरिकका बारेमा जानकारी लिन सकेनन् ।

रुसको अनलाइन सर्भिसको बर्बाद गर्नका लागि ग्रुप बनाए
फेडोरोभले रुसको वेवसाइट तथा अनलाइन सर्भिसलाई बर्बाद गर्नका लागि ह्याकरहरुको समूह पनि बनाए । त्यति मात्रै होइन, फेडोरोभले मन्त्रालयमा क्रिप्टोकरेन्सी फण्ड पनि बनाए । यसमार्फत युक्रेनी सेनाका लागि ८ अर्ब रुपैयाँ जुटाउन सफल भए ।

फेडोरोभ कम सैन्य शक्ति भएको देशले इन्टरनेट, क्रिप्टो, डिजिटल अभियान तथा ट्विटरमार्फत् लगातार पोस्ट गरेर रुस जस्तो ठूलो देशलाई विदेशी सहयोग रोक्नका लागि गरेको प्रयासमा सफल भए ।

फेडोरोभ भन्छन्, ‘मेरो उद्देश्य रुसको डिजिटल रुपमबाट घेराबन्दी गर्नु थियो, म रुसी नागरिकको जीवनमा यति खराब र दुःखी बनाउन चाहेको थियो कि उनीहरु युद्धका विषयमा आफ्नै सरकारप्रति प्रश्न उठाउन शुरु गरुन ।’

उनले सबै कम्पनीलाई धन्यवाद दिएका छन् । जसले रुसमा कामकाज बन्द गरेका छन् ।

‘म अब एप्पल, गुगल जस्ता कम्पनी एप स्टोरमा रुसलाई पूर्णरुपमा प्रतिबन्ध लगाउन । प्रविधि तथा कारोबारका माध्यमबाट घेराबन्दी गरेर आक्रामकतालाई रोक्न सकिन्छ भन्ने मलाई विश्वास छ,’ उनले भने ।


क्लिकमान्डु