सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढ्यो



काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ ।

शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २ सय ६ सय रुपैयाँ कायम भएकोमा आइतबार २ सय रुपैयाँले बढेर १ लाख २ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख २ हजार १ सय रुपैयाँ कायम भएकोमा आइतबार १ लाख २ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

साथै, शुक्रबार चाँदीको मूल्य प्रतितोला १४ सय १५ रुपैयाँ कायम भएकोमा आइतबार १० रुपैयाँले बढेर १४ सय २५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु