तीन मिनेटको जुम मिटिङमै सीइओले खाइदिए ९०० कर्मचारीको जागिर



एजेन्सी । कुनै पनि कम्पनीका लागि कर्मचारीको चयन तथा अवकाश कसरी गरिन्छ ? त्यो कम्पनीको आफ्नो तरिकाका आधारमा हुन्छ ।

हरेक जसो कम्पनीका आ-आफ्नै तरिका हुन्छन् । तर सामान्यता समान प्रकृतिका आधारमा नै कर्मचारीको चयन तथा वर्खास्तीको तरिका अपनाइन्छ । तर एउटा कम्पनीले ९०० बढी कर्मचारीलाई ३ मिनेटको जुम मिटिङबाटै वर्खास्त गरेको छ ।

प्रसिद्ध मानिएको बेटर डट कमले ३ हजार कर्मचारी हटाउने तयारी गरेको छ । त्यसको पहिलो चरणमा जुम मिटिङमा त्यो पनि ३ मिनेट भित्रै ९०० कर्मचारीको जागिर खाइदिएको छ । भारत र अमेरिकामा प्रसिद्ध रहेको बेटर डट कमले कम्पनीलाई थप प्रभावकारी बनाउन कर्मचारीको संख्या कटौती गर्ने नीति तय गरेको छ ।

बेटर डट कमका प्रमुख कार्यकारी अधिकृत विशाल गर्गले जुम मार्फत कर्मचारी वर्खास्त गरिएको जानकारी गराए । कूल ३ मिनेटको जुम कलमा ९०० कर्मचारीलाई हटाउने बेटर डट कमका प्रमुख कार्यकारी अधिकृत विशाल गर्ग फेरि पनि सोही कार्यमा अगाडि बढेका छन् । यसपटक उनले कम्पनीका ३ हजार कर्मचारीलाई हटाउने विषयले सबैभन्दा बढी चर्चा पाएको छ । त्यो पनि कम्पनीको पेरोल एप मार्फत कामदारले थाहा पाउने कुरा आफैमा अर्को आश्यचर्यको विषय बनेको छ ।

कम्पनीका सीइओका अनुसार डिटिजल दुनियाँमा कम्पनीको हिस्सा महत्वपूर्ण छ । कम्पनी कूल ५२ हजार ५०० करोड बराबर रहेको छ । यो घोषणा बुधबार गर्ने भनिएको थियो । तर गल्तीले तलब सम्बन्धी जानकारी यसअघि नै सार्वजनिक भएको थियो । त्यसबाट पत्ता लाग्यो कि बेटर डट कमले मार्च ८ मा मात्रै कर्मचारी हटाउन लागेको छ ।

तर जब खुला मितिको समाचार मिडियामा लीक भएको छ । अब यसलाई एक दिन पछि मार्च ९ मा धकेलिएको पनि अर्को समाचार विवरणमा आएको छ । कम्पनीमा अमेरिका र भारतमा ८ हजार कर्मचारी छन् । तीमध्ये तीन हजार कर्मचारीलाई राजीनामा दिन भनिएको छ । कम्पनीका सीएफओ केभिन रायनले कर्मचारीहरूलाई ईमेलमा भनेका छन् कि बढ्दो ब्याज दर र बजारमा अस्थिरताको वातावरणलाई सच्याउनु पर्छ । त्यसकारण कर्मचारी कटौती गर्न लागिएको हो ।

गर्गले तीन महिनाअघि आफ्ना ९०० कर्मचारीलाई ३ मिनेटको जुम कलमा बर्खास्त गर्ने आदेश दिएका थिए । यस विषयमा निकै विवाद भएको थियो । यससँगै गर्गलाई न्यूयोर्कमा मुख्यालय रहेको ऋणदाताले डिजिटल मोर्टगेज सीइओ पदबाट हटाउने विषयमा पनि छलफल सुरु गरेको थियो ।

विवरण अनुसार बेटर डट कम २०१६ मा स्थापना भएको थियो । यसको मुख्यालय न्यूयोर्कमा छ । यो एक अनलाइन प्लेटफर्म हो जसले मानिसहरूलाई ऋण र बीमा क्षेत्रमा काम गर्न सहयोग गर्छ । कम्पनीमा जापानको सफ्ट बैंकले लगानी गरिएको छ । त्यसको मूल्य ७ बिलियन डलर बराबरको अनुमान गरिएको छ ।

तर जूम बैठकमा कर्मचारीलाई बर्खास्त गर्ने सीइओ भने बिदामा बसेका थिए । मूल्याङ्कनमा संलग्न कम्पनीले पनि निर्णयमा पुनरविचार गर्ने वा नगर्ने भन्ने बारेमा केही बताएको छैन ।


क्लिकमान्डु