पाँच वर्ष भित्रमा पेट्रोलको भाउ आधा सस्तो हुने



काठमाडौं । अहिले नेपाली बजारमा एक लिटर पेट्रोल खरिदको लागि उपभोक्ताले १०१ रुपैयाँ तिर्नुपर्छ । यस्तै डिजेलको मुल्य ७७ रुपैयाँ ५० पैसा छ ।

आगामी पाँच वर्षभित्रमा पेट्रोलियम पदार्थको मुल्य अहिलेको तुलनामा ५० प्रतिशत घट्ने देखिएको छ ।

विश्वमा ऊर्जामा आएको नयाँ प्रविधिको कारण पेट्रोलमा निर्भरता कम हुने छ । जसले गर्दा पेट्रोलियम पदार्थको मुल्य घट्ने देखिन्छ ।

नविकरणक्रिय ऊर्जामा क्रियाशिल एक अमेरिकी भविष्यवक्ताले यस्तो अनुमान गरेका छन् ।  अमेरिकाको  टोनी सेवाले पेट्रोलको मुल्य घट्ने भविष्यवाणी गरेको गरेका छन् ।

टोनीले केही वर्ष अगाडि विश्वमा सौर्य ऊर्जाको माग बढ्ने भविष्यवाणी गरेको थियो । जुन सत्य सावित भएको छ ।

जुन समयमा टोनीले सौर्य ऊर्जाको माग बढ्ने भविष्यवाणी गरेको थियो त्यो समय यसको मुल्य आजको तुलनामा १० गुणा बढी थियो ।

सिलिकन  भ्यालीका उद्यमी टोनी सेवा क्लिन इनर्जीको मामलामा विशेषज्ञ मानिन्छन् । उनले सौर्य ऊर्जाको जुन भविष्यवाणी गरेका थिए त्यो मिलेपनि पेट्रोलको मुल्य विषयमा मिल्छ भन्नेमा आंशका भने गरिएको छ ।

टोनीका अनुसार सेल्फ ड्राइव कारको माग बढेको छ । जसले गर्दा पेट्रोलको मुल्य प्रति ब्यारेल २५ अमेरिकी डलरसम्म झर्न छ ।

उनले सन् २०३० सम्म ९५ प्रतिशत व्यक्ति निजी सवारी राख्न बन्द गर्ने र यसले अटोमोबाइल्स क्षेत्र धरासायी हुने बताएका थिए ।

उनले इलेक्ट्रोनोक्सि सवारीले अहिले पेट्रोलबाट चल्ने सवारी बन्द हुने अनुमान गरेका छन् । पछिल्लो समय युरोपमा विद्युतिय सवारीको माग बढ्दो क्रममा रहेको छ । ऐजेन्सीको सहयोगमा


क्लिकमान्डु