खाने तेलको मूल्य बढाउने उद्योगीमाथि कारबाही गर्न उपभोक्ता मञ्चको माग

364
Shares

काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्चले खाने तेलको मूल्य बढाउने उद्योगीहरुलाई कारबाही गर्न सरकार समक्ष माग गरेको छ ।
बुधबार एक विज्ञप्ति जारी गर्र्दै मञ्चले भनेको छ, ‘अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेको भन्दै अत्यधिक मूल्य बढाउने उद्योगीलाई कारबाही गर्नुपर्छ ।’

व्यापारीहरुले रुस–युक्रनबीच भएको युद्धको कारण देखाएर खाने तेलको खुद्रा मूल्य प्रतिलिटर ६० रुपैयाँसम्म बढाएर सरकारलाई चूनौती दिएको मञ्चको दाबी छ ।

‘महिनौअघिदेखि स्टकमा रहेको तेललाई युक्रेन–रुसबीचको युद्ध कारण हो भन्दै मूल्इ वृद्धि गरिएको छ,’ मञ्चले भनेको छ, ‘यो नियम कानून बिपरीत मात्र नभइ व्यवसायिक नैतिकताभन्दा परको विषय हो ।’

मञ्चले खाद्य तेल मात्र होइन चिनी, चामललगायतका दैनिक उपभोग्य वस्तुको बजार आपूर्ती व्यवस्था प्रणाली नै खलबलाउने काम भइरहेको बताएको छ ।

Skip This