आइएमई पेबाट यती एयरलाइन्सको टिकट काट्दा ४ जनाले २/२ वटा टिकट उपहार पाउने



काठमाडौं । आइएमई पेले यती एयरलाइन्ससँगको समन्वयमा नयाँ अफर ल्याएको छ ।

आइएमई पे एपका प्रयोगकर्ताहरूलाई फाल्गुन १२ गतेदेखि कार्यान्वयनमा आउने गरी २ महिनासम्म यती एयरलाइन्सको उडान टिकट आइएमई पे एपद्वारा खरिद गर्नेले लक्की ड्रमार्फत् विभिन्न गन्तव्यका लागि निःशुल्क टिकट प्राप्त गर्नेछन् ।

यात्रुहरूलाई सुलभ एवम् सहज हवाई यात्राका लागि प्रोत्साहन मिलोस् भन्ने उद्देश्यका साथ यती एयरलाइन्सबीच यो समझदारी भएको कम्पनीको भनाइ छ ।

लक्की ड्रमार्फत् रारा, लुक्ला, मुक्तिनाथ, शे फोक्सुन्डो जस्ता धार्मिक वा पर्यटकीय दृष्टिले अति महत्त्वपूर्ण स्थानमा जानका लागि निःशुल्क टिकट उपलब्ध हुनेछ ।

आइएमई पे मोबाइल वालेट एप प्रयोग गरी यती एयरलाइन्सको हवाई टिकट काट्ने यात्रुहरु मात्रै अफरमा सहभागी हुन सक्नेछन् । अफर सीमित अवधिका लागि मात्र चल्ने छ ।

अफर अवधि भरी ४ जना भाग्यशाली बिजेताहरु छानिनेछन्, जसमध्ये हरेक बिजेताले २ जनाका लागि प्रस्थान र आगमनको टिकट जित्नेछन् । भाग्यशाली बिजेताहरुले उल्लेखित गन्तव्यमध्ये एउटा रोज्न पाउने छन् ।


क्लिकमान्डु