लगानीकर्तामा साक्षरताको अभावमा बढ्न नपर्ने समयमा पनि बजार बढ्योः सेबोन अध्यक्ष हमाल



काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले कमेडिटी बजार चलाउनका लागि ३ वटा नियमावली बनाउन आवश्यक रहेको बताएका छन् । उनले त्यसका लागि वयर हाउस, ब्रोकर र सेटलमेन्ट नियमावली बनाउन बाँकी रहेको बताए ।

बुधबार अर्थमन्त्रालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै सेबानका नवनियुक्त अध्यक्षले सेयर बजारमा इन्साइडर ट्रेडिङ, पम्पिङ एन्ड डम्पिङ, कर्नरिङ जस्ता विकृति रोक्न प्रविधि आवश्यक रहेको बताए ।

उनले लगानीकर्तामा साक्षरता नहुँदा बजार बढ्न नपर्ने समयमा पनि बढेको तर्क गरे ।

उनले पुँजी बजारमा बित्तीय साक्षरता कम रहेको भन्दै यसलाई बढाउन आवश्यक रहेको बताए । पुँजी बजारको विकासका लागि अन्तर्राष्ट्रिय बजारको पनि अध्ययन आवश्यक रहेको बताए ।

नेपालमा बन्ड मार्केट रहेको र त्यसको विकास हुन नसकेको उनको भनाइ थियो । उनले बजारमा लगानीकर्ताको लागत कम गर्नेतर्फ सेबोनले अध्ययन शुरु गरेको पनि बताए ।


क्लिकमान्डु