एक दर्जन कम्पनीको साधारणसभा हुँदै, ६ वटाले बनाए लगानीकर्ताको हातखाली



काठमाडौं । सूचीकृत एक दर्जन कम्पनीले साधारणभाको लागि समय तोकेका छन् । साधारणसभा गर्न लागेको १२ वटा कम्पनीमा ६ वटाले भने लगानीकर्ताको हातखाली बनाउने भएका छन् ।

साधारणसभा घोषणा गरेको कम्पनीमा नेको इन्स्योरेन्सले चैत ९ गतेका लागि साधारणसभा बोलाएको छ । यसका लागि कम्पनीले चैत १ गते बुक क्लोज गर्ने भएको छ ।

कम्पनीले लगानीकर्तालाई १५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सभामा लैजाँदै छ । साधारणसभा ९ गते बीमा भवन बानेश्वरमा ११ बजे हुनेछ ।

यस्तै कर्णाली डेभलपमेन्ट बैंकले फागुन २० गतेका लागि साधारणसभा बोलाएको छ । यसका लागि माघ २८ गतेदेखि फागुन २० गतेसम्म बुक क्लोज गरेको छ । कम्पनीले लगानीकर्तालाई लाभांश नदिने भएको छ ।

फागुन २२ गते जानकी फाइनान्सले साधारणसभा बोलाएको छ । त्यसका लागि माघ २४ देखि फागुन ६ गतेसम्म बुक क्लोज गरेको छ । कम्पनीले आव २०७७/७८ को मुनाफाबाट १५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

युनाइटेड मोदी हाइड्रोपावरले फागुन २६ गतेका लागि साधारणसभा बोलाएको छ । कम्पनीले लगानीकर्ताको हात खाली बनाएको छ ।

ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले फागुन २८ गतेका लागि साधारणसभा बोलाएको छ । त्यसका लागि कम्पनीले फागुन १७ गतेदेखि २८ गतेसम्मका लागि बुक क्लोज गरेको छ । संस्थाले पनि लगानीकर्ताको हात खाली बनाएको छ ।

फागुन २९ गते नेशनल लाइफ इन्स्योरेन्सले साधारणसभा बोलाएको छ । त्यसका लागि फागुन २२ गते एकदिनका लागि बुक क्लोज गर्ने भएको छ । कम्पनीको केन्द्रीय कार्यालयमा आयोजना हुने साधारणसभामा लगानीकर्तालाई आव २०७६/७७ को मुनाफाबाट १९ प्रतिशत बोनस र १ प्रतिशत नगद लाभांश दिने प्रस्ताव लैजाने छ । सभाले उक्त प्रस्ताव पास गरेपछि लगानीकर्ताले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।

नेशनल हाइड्रोपावरले फागुन ३० गते भर्चुअल माध्यमबाट साधारणसभा गर्न लागेको छ । त्यसका लागि फागुन १३ गते बुक क्लोज गरेको छ ।

कम्पनीले आव २०७७र७८ को मुनाफाबाट १८.५२ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.९७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव लैजाने भएको छ । यस्तै सुनकोशी हाइड्रोलाई प्राप्ति गर्ने प्रस्ताव पनि लैजाने भएको छ ।

हिमालयन जनरल इन्स्योरेन्सले फागुन ३० गतेका लागि साधारणसभा बोलाएको छ । त्यसका लागि फागुन १६ गते बुक क्लोज गरेको छ । कम्पनीले आव २०७७/७८ को मुनाफाबाट ६.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

चैत ४ गतेका लागि बेस्टफाइनान्सले सभा बोलाएको छ । त्यसको लागि फागुन २० गते बुक क्लोज गर्ने छ । फाइनान्सले लगानीकर्ताको हात खाली बनाएको छ ।

यस्तै चैत ६ गते सभा बोलाएको प्रभु लाइफ इन्स्योरेन्सले पनि लगानीकर्ताको हात खाली बनाएको छ । कम्पनीले फागुन २३ गते बुक क्लोज गरेको छ ।

ग्रीन डेभलपमेन्ट बैंकले चैत १२ गतेका लागि साधारणसभा बोलाएको छ । प्रोग्रेसिभ फाइनान्सले बोलाएको साधारणसभा स्थगित भएको छ । फाइनान्सले आव २०७७/७८ को मुनाफाबाट ६ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.३१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।


क्लिकमान्डु