सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घट्यो



काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ ।

सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार २ सय रुपैयाँ कायम भएकोमा मंगलबार ६ सय रुपैयाँले घटेर ९७ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, सोमबार तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ७ सय रुपैयाँ कायम भएकोमा मंगलबार ९७ हजार १ सय रुपैयाँ कायम भएको छ ।

साथै, सोमबार चाँदीको मूल्य प्रतितोला १३ सय ४० रुपैयाँ कायम भएकोमा मंगलबार ५ रुपैयाँले घटेर १३ सय ३५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु