सिटिजन्सले माग्यो १२ विभागमा ३१ भन्दा धेरै आवेदन




काठमाडौं । सिटिजन्स बैंकले १२ विभागका लागि रोजगारीका लागि आवेदन माग गरेको हो । बैंकले विभिन्न १२ विभागका लागि ३१ भन्दा धेरै आवेदन माग गरेको हो ।
बैंकले रिटेल बैंकिङका लागि एसिस्टेन्ट म्यानेजर १ र जेनरल बैंकिङ सुपरभाइजर केहि संख्यामा माग गरेको छ ।

व्यवस्थापन विषयमा स्नातक उर्तीणले आवेदन दिन सक्ने छन् । आवेदकको सम्बन्धीत पद वा सोभन्दा एकतह तलको पदमा न्युनतम एकवर्षको अनुभव हुनुपर्ने छ । आवेदक एमएस अफिस एप्पलिकेसनलगायत नेपाली र अंग्रेजी भाषामा दक्ष हुनु पर्ने छ ।

आवेदकले जेष्ठ ८ गतेभित्रमा आवेदन बुझाउने पर्ने छ । आवेदकले बैंकको वेभसाइट www.ctznbank.com/career.php  बाट आवेदन फारम भर्न सक्नेछन् ।


पुष्प दुलाल