माघ महिनामा बैंकको बिजनेश: निक्षेप बढाउनेमा वाणिज्य बैंक अगाडि, कर्जामा सिभिल बैंक (सूचि)



काठमाडौं । माघ महिनामा बैंकहरुको निक्षेप १३ अर्ब ४९ अर्बले घट्दा ११ अर्ब ९२ अर्बले कर्जा बढेको देखिएको छ । बैंकहरुले नेपाल राष्ट्र बैंकमा बुझाएको विवरणमा निक्षेपभन्दा बढी कर्जा दिएको समेत भेटिएको छ ।

नेपाल बैकर्स संघले राष्ट्र बैंकमा पठाएको तथ्यांक अनुसार माघ महिनामा सबैभन्दा बढी निक्षेप पूर्ण सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकले बढाएको छ । राष्ट्र्रिय वाणिज्य बैंकले माघ महिनामा ३ अर्ब ८९ करोड रुपैयाँले निक्षेप बढाएको छ ।

यस्तै दोस्रोमा लक्ष्मी बैंक रहेको छ । लक्ष्मी बैंकको माघ महिनामा ३ अर्ब ८२ करोड रुपैयाँले निक्षेप बढेको छ । माघ महिनामा १२ वटा बैंकको निक्षेप बढेको छ । बैंकहरुमा ३ अर्बभन्दा बढी निक्षेप बढाउनेमा वाणिज्य बैंक र लक्ष्मी बैंक बाहेक एसबिआई,नेपाल इन्भेष्टमेन्ट,नबिल बैंक रहेका छन् ।

२ अर्बदेखि ३ अर्बसम्म निक्षेप बढाउने बैंकमा एनआईसी एशिया रहेको छ । १ अर्बदेखि २ अर्बसम्म निक्षेप बढाउने बैंकमा एनएमबि,सानिमा,नेपाल बैंक रहेका छन् । यस्तै १ अर्बसम्म निक्षेप बढाउने बैंकमा कृषि विकास बैंक,बैंक अफ काठमाण्डू र हिमालयन बैंक छन् ।

१५ बैंकको निक्षेप घट्यो

माघ महिनामा बैंकहरुको निक्षेप १३ अर्ब ४९ करोडले घटेको छ । जसमा ग्लोबल आइएमई बैंकको ५ अर्ब ४३ करोड,प्राइम बैंकको ४ अर्ब ३२ करोड स्टाण्डर्ड चार्टर्ड बैंकको ४ अर्ब २६ करोड छ ।

एनसीसी बैंकको ४ अर्ब १५ करोडको निक्षेप घटेको छ । २ अर्बदेखि ३ अर्ब निक्षेप घट्नेमा सनराइज,सिदार्थ,प्रभु,माछापुच्छ्रे,कुमारी तथा सिभिल बैंक छन् ।

माघमा १९ बैंकले कर्जा बढाए, ८ बैंकले घटाए

माघ महिनामा २० वटा बैंकले कर्जा बढाएका छन् । ७ वटा बैंकको कर्जा घटेको छ । माघ महिनामा सबैभन्दा बढी कर्जा बढाउनेमा सिभिल बैंक अगाडि छ । सिभिल बैंकले ३ अर्ब ४२ करोड रुपैयाँले कर्जा बढाएको छ । माघ महिनामा बैंकहरुले १२ अर्ब ९९ करोड रुपैयाँले कर्जा बढाएका छन् । कर्जा घटाउने बैंकमा एनआईसी,स्टाण्डर्ड चार्टर्ड,सिद्धार्थ बैंक छन् । एसबिआई,नेपाल इन्भेष्टमेन्ट,कुमारी,एभरेष्ट र कृषि विकास बैंकको कर्जा घटेको छ ।

निक्षेपमा एनआईसीको अग्रता कायमै

माघ महिनामा निक्षेपमा एनआईसी एशिया अग्रस्थानमा नै रहेको छ । माघ मसान्तसम्म एनआईसी एशिया बैंकको ३ खर्ब १ अर्ब निक्षेप छ । कर्जामा ग्लोबल आइएमई बैंक अगाडि छ । ग्लोबलको कर्जा २ खर्ब ७२ अर्ब छ । एनआईसीको २ खर्ब ७१ अर्ब छ ।0पुँजीकोष अनुपात कम भएपछि जोखिम भारित सम्पत्ति घटाउन एनआईसीले कर्जा घटाउदै लगेको देखिन्छ । निक्षेपको आधारमा एनबी बैंक सबैभन्दा पछाडि छ । यस्तै कर्जामा एनबी बैंक नै रहेको छ ।

माघ महिनासम्म १ खर्ब ९ अर्ब निक्षेप बढ्दा कर्जा ४ खर्ब ३४ अर्बले बढ्यो

बैंकहरुले साउनदेखि माघ मसान्तसम्म १ खर्ब ९ अर्बले निक्षेप बढाएर ४ खर्ब ३४ अर्बले कर्जा बढाएको देखिएको छ । बैंकहरुले निक्षेपभन्दा बढी कर्जा दिएको कारण कर्जा निक्षेप अनुपात ९० प्रतिशतभन्दा माथि छ । माघ मसान्तसम्म बैंकहरुको निक्षेप ४३ खर्ब १० अर्ब छ भने कर्जा ४१ खर्ब ५४ अर्ब रहेको छ ।


क्लिकमान्डु