कहिले हुँदैछ महालक्ष्मी विकास बैंकको वार्षिक साधारणसभा ?



काठमाडौं । महालक्ष्मी विकास बैंकको यसअघि स्थगन भएको २०औं वार्षिक साधारणसभा फागुन १३ गते हुने भएको छ ।

पुस २५ मा तोकिएकोमा गणपुरक संख्या नपुगी स्थगित भएको सभा पुनः असोज ३ गतेका लागि तोकिएको थियो । असोज ३ गते को अन्तरिम आदेश छलफलको टुङ्गो नलागेसम्म नगर्नु नगराउनु भनि उच्च अदालत पाटनवाटले आदेश दिएको थियो । सोही अनुसार फागुन १३ गते बस्ने भएको हो ।

फागुन ५ गते बसेको सञ्चालक समितिको ५१६ औ बैठकको निर्णयानुसार उक्त मितिमा बिहान ११ बजे नेपाल प्रज्ञा प्रतिष्ठन, कमलादीमा हुने भएको छ ।

सभामा संचालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७७-७८ को सञ्चित मुनाफा रकमबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनको लागि १.०५२६ प्रतिशत नगद सहित २१.०५ प्रतिशत लाभांश दिने प्रस्ताव रहेको छ ।


क्लिकमान्डु