सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घट्यो



काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेकोे छ ।

आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ६ सय रुपैयाँ कायम भएकोमा सोमबार ४ सय रुपैयाँले घटेर ९६ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आइतबार तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार १ रुपैयाँ कायम भएकोमा सोमबार ९५ हजार ७ सय रुपैयाँ कायम भएको छ । साथै, आइतबार चाँदीको मूल्य प्रतितोला १३ सय ५ रुपैयाँ कायम भएकोमा सोमबार ५ रुपैयाँले घटेर १३ सय रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु