साना लगानीकर्ताको हितमा काम गर्नेछु: सेबोन अध्यक्ष हमाल



काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले  आइतबार पदभार ग्रहण गरेका छन् । 

पदभार ग्रहण गर्दै हमालले आफ्नो प्रयास साना लगानीकर्ता बचाउँदै बजारको विकास गर्नेतर्फ केन्द्रित हुने बताए । 

‘साना लगानीकर्ता नबाँचे पुँजीबजार बिकास हुँदैन, साना लगानीकर्ताको हित हुने गरी काम गर्न पर्यन्त गर्नेछु,’ उनले भने । 

उनले कसैको लगानी पनि जोखिममा नपार्ने गरी काम गर्ने बताए  । 

बजारलाई बलियो, स्वस्थ र पारदर्शी बनाउन पर्यत्न गर्दै बजारको विकास नै आफ्नो चाहना रहेको र आफू यसैमा चिन्तित रहेको उनकोभनाइ छ । उनले अध्यक्षका रुपमा आफूले लगानीकर्ताको मनोविज्ञान बुझेर काम गर्ने बताए । 


क्लिकमान्डु