एमसीसीबारे छलफल गर्न सत्ता साझेदार दलको बैठक जारी



काठमाडौं । अमेरिकी अनुदान सहयोग एमसिसी सम्झौता टेबल गर्ने तथा बैठक निर्वाध सञ्चालन गर्नेलगायत विषयमा सहमति जुटाउन सत्ता साझेदार दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अहिले जारी छ ।

शुक्रबार बिहान बसेको सत्ता साझेदारका शीर्ष नेताहरुको बैठक निष्र्कषमा नटुङ्गिएकाले पुनः छलफल गर्न आज बिहान १० बजे बस्ने गरी टुङ्गिएको थियो ।

एमसिसी सम्झौता संसदमा टेबल गर्नेबारेमा सत्ता साझेदार दलहरु सकारात्मक देखिएकाले आजको बैठकले साझा अवधारणा ल्याउने विश्वास गरिएको छ ।

सत्ता साझेदार दलहरुमा सहमति हुन सके आजै बस्ने प्रतिनिधिसभा बैठकमा एमसिसी टेबल गर्न सकिने बताइएको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरु सहभागी छन् ।


क्लिकमान्डु