दूषित खाद्यान्न उत्पादन गर्ने ३८ कम्पनीविरुद्ध मुद्दा दायर, सबैभन्दा बढी दुग्धजन्य पदार्थ



काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले न्युन गुणस्तर र दूषित खाद्यान्न वस्तु उत्पादन गर्ने ३८ कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ ।

विभागले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा खाद्य ऐन तथा नियमअनुसार न्यूनस्तर तथा दुषित उत्पादन तथा बिक्री वितरण गर्ने ३८ कम्पनीविरुद्ध मुद्दा दायर गरेको जनाएको छ ।

विभागले दायर गरेको मुद्दामा सबैभन्दा बढी मुद्दा दुध तथा दुग्ध पदार्थ उत्पादन तथा बिक्री वितरण गर्ने कम्पनी छन् । जसमा दुग्जन्य पदार्थ सम्बन्धी १३ वटा, मसला उत्पादन गर्ने ५ वटा, प्रशोधित पिउने सम्बन्धी ५ वटा कम्पनी र खाद्यान्न एवं दलहन तथा सोबाट बनेको पदार्थ सम्बन्धी ५ वटा कम्पनी छन् ।

साथै, चियासम्बन्धी ४ वटा, मह। सोयासस, तेल र दाना उत्पादन गर्ने एक÷एक कम्पनी छन् ।

उक्त ३८ थान मुद्दामध्ये १९ वटा मुद्दा दुषित पदार्थ, १० वटा मुद्दा न्यून गुणस्तका, एउटा मुद्दा अनुज्ञापत्र नलिइ कारोबार गरेको, ७ वटा मुद्दा लेवललगायतका विवरण नमिलेको र एएटा मुद्दा खाद्य ऐन नियम निर्देशिका उल्लङ्घन गरेको विभागको भनाइ छ ।

विभागले ६ महिनाको अवधिमा २१ सय २४ वटा नमुनाहरू संकलन गरेको थियो । जसमा विभागले नमुनामध्ये खाद्यान्न/दलहनजन्यका २८४, तेल तथा घ्यूजन्यका १४९, फल तथा सागपातजन्य पदार्थका १०१, मलसलाका ८०वटा, चिया तथा कफीका ३६ वटा, दुध तथा दुग्ध पदार्थका १५ वटा, प्रशोधित पिउने पानीका ३९ वटा, गुलियो पदार्थका ३३ वटा, कन्फेक्सनरिका १२ वटाm मासु तथा मासुजन्य पदाथए १०वटा, नूनका १२ वटाm अन्य पदार्थ ५७ वटा र दाना पदार्थ ७२ वटा गरी ९ सय वटा नमुनाको विश्लेषण परिक्षण भएकोमा ७४वटा (८.२२ प्रतिशत) नमूनाहरूको परीक्षण प्रतिकुल पाइएको विभागले उल्लेख गरेको छ ।


क्लिकमान्डु