धितोपत्र बोर्डको अध्यक्षमा हमाल



काठमाडौं । धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाल नियुक्त भएका छन्

। बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले हमाललाई आगामी कार्यकालका लागि अध्यक्षमा नियुक्त गरेको हो ।

धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना सर्वोत्तम सेयर किनेपछि उनलाई सरकारले हटाएको हो । हमालको कार्यकाल भने ४ वर्षको हुने छैन ।

धनगढीका हमाल एनआरएन थाइल्याण्डका पूर्व अध्यक्ष हुन् भने ग्रीन हेरिटेज ग्रुपका चिफ अपरेटिङ्ग अफिसर हुन् । हमालसँग एसिया क्षेत्रको रियलस्टेट र हस्पिटालिटीको क्षेत्रमा काम गरेको अनुभव रहेको छ । बोर्डको अध्यक्ष भएका हमालसँग नेपालको मात्रै नभएर विश्वका विभिन्न देशको सेयर बजारमो विषयमा जानकारी रहेको छ ।


क्लिकमान्डु