सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढ्यो



काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले घटेकोमा आज (बिहीबार) १ हजार रुपैयाँले बढेको छ ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार १ सय रुपैयाँ कायम भएकोका बिहीबार १ हजार रुपैयाँले बढेर प्रतितोला ९६ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, बुधबार तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार ६ सय रुपैयाँ कायम भएकोमा बिहीबार प्रतितोला ९५ हजार ६ सय रुपैयाँ कायम भएको छ । साथै, बुधबार चाँदीको मूल्य प्रतितोला १२ सय ८५ सय रुपैयाँ कायम भएकोमा बिहीबार १० रुपैयाँले बढेर १२ सय ९५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु