अब विमानस्थलमा ‘प्रिन्टेड’ टिकट नै चाहिने



काठमाडौं । विमानस्थल हुँदै कतै यात्रा गर्दै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अब काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा प्रिन्टिेड टिकट देखाउनु पर्ने भएको छ ।

मंगलबारदेखि विमानस्थलमा प्रिन्टिेड टिकट अनिवार्य गरिएको हो । यसअघि मोबाइलमा टिकट देखाएकै आधारमा प्रवेश पाइन्थ्यो । विमानस्थलमा प्रवेश गरेपछि मोबाइलमा भएको टिकटका आधारमा बोर्डिङ पास लिन पाइन्थ्यो । तर मंगलबारदेखि भने विमानस्थल प्रहरीले यात्रुलाई अनिवार्यरुपमा टिकट प्रिन्ट गरेरै देखाउन लगाएका छन् ।

जसले गर्दा विमानस्थलभित्र प्रवेश गर्नुअघि विमान कम्पनीका काउन्टरहरुमा टिकट प्रिन्ट गर्नेहरुको भिड बढेको छ ।

बुध्द एयरबाट मात्रै अनुसार दैनिक काठमाडौंबाट विभिन्न गन्तव्यमा दैनिक ४ हजारभन्दा बढी र समग्रमा ८ हजारभन्दा बढीले दैनिक यात्रा गर्छन् । अब ती सबै यात्रुहरुले टिकट प्रिन्ट गर्नुपर्नेछ ।

यसले मोबाइलमार्फत् टिकट काट्नेहरुलाई थप झण्झट बेहोर्नुपर्ने देखिएको छ ।


क्लिकमान्डु