हेटौंडा सिमेन्ट उद्योगको महाप्रबन्धकका लागि विज्ञापन खुल्यो



काठमाडौं । सरकारले रिक्त रहेको हेटौंडा सिमेन्ट उद्योगको महाप्रबन्धक नियुक्तीका लागि प्रक्रिया अघि बढाएको छ ।

उद्योग, वाणिज्य उद्योगले बुधबार विज्ञापन प्रकाशित गर्दै महाप्रबन्धक पदका लागि विज्ञापन खुलाएको हो ।
विज्ञापन प्रकाशित भएको मितिले २१ दिनभित्र योग्यता र मापदण्ड पुगेका व्यक्तिले दरखास्त आवेदन दिन सक्नेछन् ।
जसमा नेपाली नागरिक भएको, सम्बन्धित विषयमा कार्य प्रकृतिसँग सम्बन्धित विषय वा प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानून विषयमा मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र कुनै संस्था वा निकायको व्यवस्थापकीय जिम्मेवारीको अधिकृतस्तरको पदमा कम्तीमा ५ वर्ष काम गरेको हुनुपर्नेछ ।

उक्त पदका लागि ३५ वर्ष पूरा भइ ६५ वर्ष ननाघेको योग्य व्यक्तिले आवेदन दिन सक्नेछन् ।


क्लिकमान्डु