विमानस्थलबाट १ करोड बराबरको सुन र मोबाइलसहित तीन जना पक्राउ



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरुपमा सुन र मोबाइल ल्याएको आरोपमा तीन जना पक्राउ परेका छन् । विमानस्थलमा खटिएको प्रहरीले भन्सार छलेर लैजान खोजिएको ९९ लाख २९ हजार रुपैयाँ बराबरको अवैध मोबाइलसहित पक्राउ गरेको हो ।

प्रहरीले रौतहट गैर नगरपालिका सोबगाढाका ३२ वर्षे सुनिल साहबाट ६ लाख ४० हजार रुपैयाँ पर्ने ४ थान आइफोन र ३ लाख ९५ हजार २२५ रुपैयाँ पर्ने ५० ग्राम सुन बरामद गरेको हो ।

साथै, मकवानपुर मनहरिका २८ वर्षे नवराज परियारसँग १ लाख ६० हजार पर्ने आइफोन र ५० ग्राम सुनसहित पक्राउ गरेको हो । त्यसैगरी सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिकाका ३९ वर्षे दावा छिरिङ शेर्पाबाट ८३ लाख ३९ हजार २४७ रुपैयाँ पर्ने १ हजार ५५ ग्राम सुन बरामद गरेको छ ।


क्लिकमान्डु