सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढ्यो



काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार २ सय रुपैयाँ कायम भएकोमा बिहीबार ५ सय रुपैयाँले बढेर ९२ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, बुधबार तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय रुपैयाँ कायम भएकोमा बिहीबार ९२ हजार २ सय रुपैयाँ कायम भएको छ । साथै, बुधबार चाँदीको मूल्य प्रतितोला १२ सय ५५ रुपैयाँ कायम भएकोमा बिहीबार पनि सोही मूल्य कायम भएको छ ।


क्लिकमान्डु