कोरोनाका कारण स्थगित जनशक्ति भर्ना प्रक्रिया स्वास्थ्य बीमा बोर्डले पुनः अघि बढायो



काठमाडौं । स्वास्थ्य बीमा बोर्डले कोभिड–१९ संक्रमणको कारणले स्थगित भएको आवेदन प्रक्रिया पुनः अघि बढाएको छ ।

बोर्डले करार सेवामा जनशक्ति भर्ना सम्बन्धी सूचना प्रथम पटक वैशाख ५ मा प्रकाशित भएकोमा कोभिड १९ संक्रमणको कारणले गर्दा वैशाख १६ गते स्थगित गरिएको थियो ।

बोर्डले उक्त आवेदन प्रक्रिया पुनः अगाडि बढाएको हो । आवश्यक योग्यता पुगेका इच्छुक उम्मेद्वारबाट पुनः दरखास्त आह्वान गरेको हो ।

बोर्डले ४४ जना कर्मचारी नियुक्त गर्नका लागि दरखास्त आह्वान गरेको हो ।

बोर्डले दर्ता अधिकारी (नासु वा पाँचौ तह सरह) पदका लागि उक्त संख्यामा कर्मचारी नियुक्त गर्ने भएको हो ।

बोर्डका अनुसार मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक वा सो सरहको शैक्षिक योग्यता उत्तीर्ण गरेका व्यक्तिले आवेदन दिन पाउनेछन् ।

कार्य क्षेत्र स्वास्थ्य बीमा कार्यक्रम लागू भएका जिल्लाहरुमा हुने बोर्डले जानकारी दिएको छ ।

२१ वर्ष पूरा भई ३५ वर्ष ननाघेकाले आवेदन दिन सक्नेछन् । आवेदन दस्तुर ५ सय रुपैयाँ लाग्ने छ ।

स्वास्थ्य बीमा बोर्डको केन्द्रीय कार्यालय, टेकुमा दरखास्त बुझाउन सकिने छ ।

योग्यता पुगेका इच्छुक उम्मेद््वारले यो सूचना प्रकाशित भएको मितिले सात दिनभित्र(माघ २४) आवेदन दिन सक्नेछन् ।

यसअघि दरखास्त दिएका आवेदन दिएकाहरुको फेरि आवेदन दिनु भने पर्ने छैन ।


क्लिकमान्डु