नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा प्रदीप अधिकारी नियुक्त




काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान)को महानिर्देशकमा प्रदीप अधिकारी नियुक्त भएका छन् ।

प्राधिकरणका आयोजना प्रमुख समेत रहेका अधिकारी क्यानका ११औं तहका कर्मचारी हुन् ।

आफू नियुक्त भएको सूचना पाए पनि पत्र नआएको अधिकारीले क्लिमाण्डूसँग भने ।

‘म नियुक्त भएको सूचना मन्त्रीज्यूबाट पाँ तर पत्र आइसकेको छैन,’ उनले भने ।

मंगलबारको क्यान बोर्ड बैठकमा समेत पर्यटनमन्त्री प्रेम आलेले महानिर्देशकमा अधिकारीलाई नियुक्त गरेको जानकारी गराएको एक बोर्ड सदस्यले जानकारी दिए ।

स्रोतका अनुसार सोमबार बसेको मन्त्रिपरिषदको बैठकले अधिकारीलाई महानिर्देशकमा नियुक्त गरेको हो ।

यसअघि महानिर्देशक पदबाट राजन पोख्रेलले राजीनामा दिएपछि उक्त पदमा राजकुमार क्षेत्री नियुक्त भएका थिए ।

त्यसपछि सरकारले निमित्त महानिर्देशकमा प्रेमनाथ ठाकुरलाई नियुक्त गरेको थियो ।

महानिर्देशकको दौडमा हाल निमित्त महानिर्देशक समेत रहेका १२औं तहका प्रेमनाथ ठाकुर, १२औं तहका भोलाप्रसाद गुरागाँइ र १२औं तहका प्रतावबाबुर तिवारी समेत थिए ।


क्लिकमान्डु