भरतपुरको मतगणना अनिश्चितकालका लागि स्थगित, अब के हुन्छ ?



काठमाडौं । भरतपुर महानगरपालिकाको मतगणना कार्य अनिश्चितकालका लागि स्थगित भएको छ । हिँजो राती मतगणना भइरहेका बेला एमाले र माओवादीका एजेन्टहरुले मतपत्र च्यातेपछि मतगणना स्थगित भएको थियो ।

कांग्रेसले फेरि चुनाव गर्नुपर्ने माग राखेको छ भने एमालेले मतगणनालाई निरन्तरता दिनुपर्ने माग राखेको छ । दलहरुबीच कुरा नमिलेपछि भरतपुरको मतगणना कार्य अनिश्चितकालका लागि स्थगित गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन आयोगले भरतपुर महानगरको मतपत्र च्यातिएको घटनाबारे छानविन गर्न समिति गठन गरेको छ । नवगठित यो समितिले अध्ययन गरेर रिपोर्ट बुझाएपछि आयोगले मत गणना गर्ने किन चुनाव गर्ने भनेर निर्णय गर्नेछ ।

एमाले पक्षधरले माओवादी कार्यकर्ताले मतपत्र च्यातेको आरोप लगाएको छ भने माओवादी पक्षले एमालेले च्यातेको आरोप लगाएको छ ।


पुष्प दुलाल